ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले धैर्यता गुमाउदा आयरल्यान्ड बिरुद्ध पराजय व्यहोरेको छ । नेपालले बलिगं र शुरुवाती ब्याटीगं राम्रो गरेपनि खेल १६ रनले गुमाउन पुग्यो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र जोड्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २८, आशिफ शेखले २३ , कुशल भुर्तेल १५ र कमल सिंह ऐरीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।
टस जीतेर बलिङ गरेको नेपालले २० ओभरमा १० विकेट लिँदै १२७ रन दियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चेर चार विकेट लिए ।
त्यसै गरी अभिनाश बोहराले २ , सन्दीप लामीछाने, अविनाश बोहरा, जीतेन्द्र मुखिया, कमल ऐरीले समान एक एक विकेट लिए । आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधीक २८ रन जोडे ।
सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो । यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।
यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।