आयरल्याण्ड बिरुद्ध नेपाली बलर चम्किदा आयरल्याण्ड १२७ रनमा समेटियो, नेपालले जवाफी व्याटीङ गर्दै

आयरल्याण्ड बिरुद्ध नेपाली बलर चम्किदा आयरल्याण्ड १२७ रनमा समेटियो, नेपालले जवाफी व्याटीङ गर्दै

  • सोमवार, फाल्गुन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आयरल्यान्ड बिरुछ कसिलो बलिङ गर्दै १२७ रनमा रोकेको छ । टस जीतेर बलिङ गरेको नेपालले २० ओभरमा १० विकेट लिँदै १२७ रन दियो । नेपालले अब १२८ रनको मध्यम लक्ष्य बिरुद्ध जवाफी ब्याटीङ थाल्दै छ ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चेर चार विकेट लिए ।
त्यसै गरी अभिनाश बोहराले २ , सन्दीप लामीछाने, अविनाश बोहरा, जीतेन्द्र मुखिया, कमल ऐरीले समान एक एक विकेट लिए । आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधीक २८ रन जोडे ।

सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग २५ रनले पराजित भएको थियो । यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ