मैदानमा ढलेर बेहोस् भएका फुटवलर मनीष डाँगीको स्वास्थ्य खतरामुक्त

मैदानमा ढलेर बेहोस् भएका फुटवलर मनीष डाँगीको स्वास्थ्य खतरामुक्त

  • शनिबार, माघ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्ध आज खेल्ने क्रममा मैदानमा छिरेको चार मिनेटमै ढलेर बेहोस् भएका मच्छिन्द्र क्लबका स्ट्राईकर मनीष डाँगीको स्वास्थ्य खतरामुक्त रहेको क्लबले जनाएको छ ।
टाउकोमा चोट लागेर होस गुमाएमा उनको अवस्था अहिले खतरामुक्त रहेको प्रशिक्षक प्रवेश कटुवालले बताए।

कटुवालका अनुसार मैदानमा ढलेका मनिषको त्यहीँ प्राथमिक उपचार गरिएको थियो। त्यसपछि उनलाई उपचारका लागि दशरथ रंगशाला नजिकैको ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो।

च्यासलविरुद्ध ६१ औँ मिनेटमा मैदान छिरेका मनिष ६५ औं मिनेटमा घाइते भएर ढलेका थिए। हेड गरेर बल लिन जम्प गरेका उनी विपक्षी खेलाडीको प्रहारले लागेर ढलेका थिए।
मनिष घाइते भएको खेलमा मच्छिन्द्रले च्यासलमाथि २-० गोलको जित निकाल्यो। मच्छिन्द्र लिगको शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ