काठमाडौं । चार देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले ओमन बिरुद्ध ६ विकेटको जीत हात पारेको छ । ओमनले दिएको १३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३ बल बाँकी छँदै पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्ध शतक पूरा गर्दै ८ चौका र एक छक्का प्रहार गरी ७३ रन बनाए । त्यस्तै आरिफ शेखले २५ रन जोडे ।
ओपनर आशिफ शेख १४ र प्रदीप ऐरी ४ रनमा आउट भए पछि दबाबमा आएको नेपालले पछि लयमा फर्किएको थियो । ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । यो सिरिजपछि १८ फेब्रुअरीदेखि ग्लोबल छनोट खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline