त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २७ माघ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । क्याम्पस÷विभाग÷स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी