चीनको बेईजिङमा आजबाट ओलम्पिक शुरु हुँदै, राष्ट्रपति सि ले उद्घाटन गर्ने

चीनको बेईजिङमा आजबाट ओलम्पिक शुरु हुँदै, राष्ट्रपति सि ले उद्घाटन गर्ने

  • शुक्रबार, माघ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुदको २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ ।
आज चीनीया राष्ट्रपति सि जिन पिङले औपचारीक रुपमा खेलको उद्घाटन गर्दैछन् । उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादीमीर पुटिन, पाकिस्तानी प्रधानमन्त्री ईमरान खान लगायत दर्जनौँ देशका राष्ट्र प्रमुखहरु बेईजिङ पुगिसकेका छन् ।
अमेरीका, बेलायत, अष्ट्रेलिया सहित विभिन्न देशले ओलम्पिकको कुटनीतिक बहिष्कार गरेका छन् ।
विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ ।

कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट सुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ