मौरीसस विरुद्ध नेपालको लगातार दोस्रो जीत

मौरीसस विरुद्ध नेपालको लगातार दोस्रो जीत

  • मङ्लबार, माघ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजीत गरेको छ ।

मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार ब्यहोन बाध्य बन्यो ।

खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी सुटआउट नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल हुन सकेन । जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससलाई १–० गोल अन्तरले नै हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ