आहा रारा गोल्डकपको २० औं संस्करणको उपाधि एपिएफले जितेको छ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टीमा ५(४ गोलान्तरले हराउँदै एपिएफ विजेता बनेको हो।
निर्धारित ९० मिनेटको खेल २–२ गोलमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको ३० मिनेटमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टीमा ओलावाले आफिज गोल गर्न असफल भएपछि मनाङ सातौंपटक प्रतियोगिताको विजेता बन्नबाट चुकेको हो।
विजेता एपिएफले १० लाख रुपैयाँ र उपविजेता मनाङले पाँच लाख रुपैयाँ पाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline