दशरथ रंगशालामा नेपालले ११ वर्षपछि मैत्रीपूर्ण खेलमा पहिलो जीत निकालेको छ । नेपालले आज मौरीसस् विरुद्ध एक शुन्यको जीत निकालेको हो । यो जीतमा नेपालका लागि उपचार पछि पुनरागमन गरेका विमल घर्तीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५५ औँ मिनेटमा गोल गरेका थिए ।
यस पटक सुदीप गुरुगं र आकाश बुढा मगरले डेब्युको अवसर पाएका छन् भने जगजीत श्रेष्ठले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
खेल अवधिभर दुबै टिमले गोलका राम्रा अवसर पाए पनि गोल हुन सकेको थिएन ।
नेपालले दोस्रो खेल मंसीर १८ गते दशरथ रंगशालामा नै खेल्नेछ ।
यसैबीच, नेपाली राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीप्रति खेलप्रेमीको माया र सद्भाव बढेको छ । आज उपस्थित हजारौँ दर्शकले वि लभ कोच अलमुताईरी लेखेको प्लेकार्ड नै बोकेका थिए । यस अघि नेपाली टोलीलाई साफको फाईनलमा पुर्याएका प्रशिक्षक अलमुताईरीको नेतृत्वमा नेपालले ११ वर्षपछि मैत्रीपूर्ण खेल समेत जीतेपछि उनी पनि थप सफल बनेका छन् ।
उनले नेपाली टिमलाई एशिया कप छनौट चरणमा उत्कृष्ट नतिजाको लागि कोशिस गरीरहेका छन् ।