दशरथ रंगशालामा नेपालले आज मौरिसस विरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै

दशरथ रंगशालामा नेपालले आज मौरिसस विरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै

  • शनिबार, माघ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं । नेपालले अफ्रिकी देश मोरिसससँग आज पहिलो मैंत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेल अपरान्ह ४ः४५ बजे हुनेछ ।
खोप कार्ड लिएर मात्र दर्शक आज प्याराफिटमा जान पाउने छन् । साथै गेटमा एन्टीजेन परीक्षण समेत हुनेछ ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडी रहेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए । यस्तै, मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ