विश्वकै चर्चित एप्पल कम्पनीमा ५० नेपाली काम गर्छन, लोहनीले बनाए नेपाली ग्रुप

विश्वकै चर्चित एप्पल कम्पनीमा ५० नेपाली काम गर्छन, लोहनीले बनाए नेपाली ग्रुप

  • बुधबार, माघ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

न्युयोर्क, ५ माघ । नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले ऐप्पलभित्र ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ ।

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् ।

नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी