विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन: महतो

विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन: महतो

  • सोमवार, माघ ३, २०७८
  • विशाल बस्नेत

  • 8.6K
    SHARES

महोत्तरी, ३ माघ।  वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताएका छन् ।विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उनकाे भनाइ छ ।

महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक रूपान्तरणको छलफलमा उनले समुदायको अठोटले मात्रै स्कुल बदलिने जिकिर गरे ।

‘अठोट लिए मात्रै विद्यालयलाई रूपान्तरण गर्न सकिन्छ,’ नेता महतोले भने, ‘विद्यालय परिवारले अभिभावकलाई विश्वास दिलाउनुपर्छ अनि मात्रै समुदायले आफ्ना बच्चा स्कुल भर्ना गर्छ ।’ चुनौतीसँग सामना गरेर अघि बढे मात्रै समृद्धिको मार्ग पहिलाउन सकिने उनले बताए ।

सामुदायिक स्कुल रूपान्तरणका लागि बजेटभन्दा सामुदायिक पहलको जरुरी रहेको नेता महतोको भनाइ छ । ‘विद्यालयले अभिभावकहरूसँग छलफल गरेर शैक्षिक योजना बनाउनुपर्छ । त्यसअनुसार काम गर्नसके सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौं,’उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी