हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाडियो, कर्मचारी सञ्चय कोष नै मर्जरको विपक्षमा

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाडियो, कर्मचारी सञ्चय कोष नै मर्जरको विपक्षमा

  • शुक्रबार, पुस ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, ३० पुस । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएको छ । मर्जरमा जाने सम्झौता गरेको करिव ९ महिनापछि आज मर्जर भाडिएको हो ।
हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक सेयरधनी प्रचण्डबहादुर श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ तथा कर्मचारी सन्चय कोष मर्जरको विपक्षमा उभिएपछि यी दुई बैंकबीचको मर्जर अन्तत भाडियो ।

सुरुदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान अनिच्छुक देखिएका प्रचण्ड बहादुर हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेपछि दुई बैंकबीचको मर्जर संकट देखिएको थियो ।

आज हिमालयन बैंकको साधारण सभामा मर्जर सम्बन्धि एजेण्डा पास हुन नसक्दा दुई बैंकको मर्जर भाँडियो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कर्मचारी सञ्चय कोष र श्रेष्ठ दाजुभाई मर्जरमा जान अनिच्छुक भएपछि इन्भेष्टमेन्टसँग मर्जर भाडिएको बताए । कोष र श्रेष्ठ ब्रदर्शको ३६ प्रतिशत शेयर रहेको छ ।

मर्जरको लागि कायम स्वाप रेशियोमा चित्त नबुझेपछि सभामा मर्जर सम्वन्धि एजेन्डा अघि नै बढ्न सकेन। यसले गर्दा अब दुई बैंकको मर्जर भाँडिने निश्चित भएको हो। अब मर्जर सम्झौता भएको ९ महिनापछि दुई बैंक अलग हुने भएका छन्।

हिमालयन र इन्भेष्टमेन्ट बैंक बीचको मजर भाडिएपछि सरकार बैंकहरु मर्जर गराउने नीतिका साथ राष्ट्र बैंकमार्फत अघि बढीरहेको बेला सरकारी संस्थान कर्मचारी सन्चय कोष नै त्यसको विपक्षमा उभिएको देखिएको छ । कोषले सुरुमा मर्जरमा जान सहमती जनाएको तर अन्तिम समयमा आएर विपक्षमा उभिएको स्रोत बताउछ ।

कर्मचारी संचयकोषको प्रतिनिधिका रुपमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेका तुलसी गौतमको कार्यकालमा उनले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सहमति गरे गराएका थिए । तर, गौतमलाई सरकारले कोषबाट हटाएपछि अध्यक्ष भएर आएका श्रेष्ठ आएपछि गति लिन छोडेको मर्जर प्रकृया नै अन्तत भाडियो ।

हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक सेयरधनी श्रेष्ठ दाजुभाई सूरुदेखि नै इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान इच्छुक थिएनन् । तर सन्चय कोष किन मर्जरमा जाने सहमती गरेर अन्तत विपक्षमा मतदान गर्न पुग्यो भन्ने बिषयले गम्भिर प्रश्नचिन्ह खडा भएको छ । यसबारेमा हामीले प्रतिकृया लिन कोषका कामु प्रशासक जितेन्द्र धिताल सम्पर्कमा आउन चाहेनन् ।

अब के हुन्छ ?

मर्जर भाँडिएपछि अब नेपाल नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्वीजिसन विनियमावली अनुसार बैंकहरु कारवाहीमा पर्ने छन्। मिर्मिरेसँग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले मर्जर जाने निर्णय गरेर पनि ममर्जरमा नगएपछि विनियमावलीमा भएको व्यवस्था अनुसार बैंक कारवाही हुने जानकारी दिए ।

राष्ट्र बैंकको निनियमावलीमा मर्जरमा जाने सम्झैता गरेका संस्थाको मर्जर भाँडिदा मर्जर तथा एव्कीजिसन विनियमवलिमा भएको व्यवस्था अनुसार प्रस्तावित नगद लाभांश शेयरधनीलाई वितरण गर्न नपाउने, थप शाखा विस्तारमा समेत रोक लाग्ने लगायतका कारवाही हुने व्यावस्था छ ।

मर्जरको कारण अहिले दुवै बैंकको शेयर कारोबार रोक्का रहेको छ । यस्तो अवस्थामा बैंकले आफनो नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांशमा समेत रोक लगाउदा बैंकका शेयरधनीलाई भने थप मार पर्ने देखिन्छ।

यसैगरी हिमालयनले राष्ट्र बैंकबाट पाउने नियामकीय सुविधा नपाउनुका साथै गत वैखदेखि दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा हुने छैन ।

तर बैंकहरुले अर्को बैंक खोजेर मर्जरमा गएरमा मर्जर सम्पन्न भएपछि यी कारवाही फुकुवा हुने छ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकले गत बैशाखमा नै मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका थिए। बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी