इमानकी खानी नगरौं कि बाहुनी

इमानकी खानी नगरौं कि बाहुनी

  • शुक्रबार, पुस ३०, २०७८
  • बासुदेव नाथ

  • 29.7K
    SHARES

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला अन्तरगत डिलासैनी गाउँपालिका वडा नं. ५९ साविक गोकुलेश्वर गाउँ विकास समिति वडा नं. ७ ० नगराउँ गाउँमा करिव ३०० वर्ष अगाडि यहाँका सोराडी चन्द राजाले राजा खिम चन्द कि कन्या लिएर यसै गाउँमा कुस्मावती नामक बाहुनीको घरमा लुकाएको थियो ।खिम चन्द राजाले कटक ( हुल वा जत्था ) लिएर पुरै गाउँ नै खोज तथा सर्च गर्न लगाएको थियो ।यो कुरा थाहा पाएर ती कन्यालाई सोराडी चन्द राजाले कुस्मावती बाहुनीको घरमा लुकाएको थियो ।खिम चन्द राजाको कटकसंगै कुकुर पनि थियो । नगराउँ गाउँ बाहुनीको घर आगनमा भएको गोबर मलको थुप्रो ९पर्सा खात० बाट कुकुरले गोबर मल
खोतलेर पञ्चकन्या पात्लो (टपरी ) निकाले पछि राजाकी कन्या त्यही घरमा रहेको अनुमान कटकले गरेपछि ती बाहुनीलाई हाम्रो कन्या यही घरमा छ । पञ्चकन्या पात्लो टपरी ती कन्यालेमात्र लगाउने भएकोले यस्तो पात्लो वा टपरी अन्यले लगाउन नसक्ने जाकारी कटकलाई थियो । यात यस्तै पात्लो लगाएर देखाउनु होस हैन भने कन्या निकाल्नु होस भनि कटकले बाहुनीलाई धरदिएन ।कटकले घरमा उपद्रो गर्न थालेपछि गहुँ काट्नु घर नजिकै सैनी खेतमा गए र कटक पनि बाहुनीलाई छोडेन र गहुँ काट्न गएकै खेतमा गएर गहुँको पुला सल्काउनर
जलाउन थाले ।गहुँ नजलाउनु होस तिमीहरुको लागि म भात बाख्रो लिएर आउछु भनि बाहुनी घर गएर गईन ।
बाहुनीकी काखी दूध खाने छोरी थिइन । दूध खाने छोरीलाई लिएर बाहुनी घर तिर लागिन र बिरालो पनि पछिपछि लागेर घर तिर गए । बाहुनीले बिरालोको टाउको काटेर थालमा राखे र त्यसपछि छोरीको टाउको काटेर थालमा राखी र सोही थालमा आफ्ना दुबै दूध काटेर थालमा राखेर ल लिउ खाउ भात बाख्रो भनि कटकलाई दिएर बाहुनीले प्राण त्यागिन । बाहुनीको त्यो सबै देखेर कटक भागेर त्यहाँबाट गए । त्यस पछि ती कन्यालाई त्यहाँका सोराडी चन्द राजाले रानी बनाएर लगे ।सोराडी राजालाई विना लोभलालचको भरमा बाहुनीले सहयोग गरी उनले ल्याएको कन्यालाई लुकाएर सहयोग गरिन । बाहुनीले आफ्ना विश्वास मित्र प्रति विश्वास घात गरेन बरु आफ्नो सर्वस्व गुमाए ।एउटा मित्रले यत्तिको इमान जमान धर्म पालना गर्न सक्नु नै सच्चा मित्रता हो यसले मात्र मेलमिलाप तथा आपसी सद्भाव कायम हुन सक्दछ यसले शान्ति र मित्रताकायम रहन सक्दछ । डिलासैनी गाउँपालिका वडा नं। ५ निवासी नगराउँमा २००५ साल बैशाख ५ गते जन्मनु भएका जेष्ठ नागरिक श्री डम्मर दत्त जोशी बताउनु हुन्छ ।
डिलासैनी गाउँपालिका वडा नं ५ नगराउमा २००५ बैशाख १६ गते जन्मनु भएका लेखकका पिता सामज सेवी तथा जेष्ठ नागरिक श्री धनि नाथ बताउनु हुन्छ । कुस्मावती बाहुनी आमा मानव भएर देवताको रुपमा काम गरेकोले देवी कहलिन पुगेका हुन ।कुस्मावती बाहुनी आमाको दैव्यशक्ति निकै रहेकोले यस क्षेत्रमा प्रख्यात रहेको बताउनु हुन्छ । यस मन्दिरको सम्बन्धमा धनिनाथज्यू वताउनु हुन्छ कि २०२८ सालमा हावाहुरीले मन्दिरमा रहेका पुराना टुणी, पिपल, खरिक, रिठा, आदि रुखहरु सबै ढलाएको थिए ती ढलेका रुखहरु त्यतिवेला करिब
२०० वर्ष भन्दा पुराना हुन सक्ने अनुमान गर्नु हुन्छ ।अहिले पनि कुस्मावती आमाको दैब्य शक्तिकमा कुनै कमी नआएको मागे अनुसारको फल पाईने र यहाँ जथाभागी गर्न नहुने बताउनु हुन्छ ।यो गाउँमा मन्दिर नजिक भएर घोडा चढ्न नहुने । सुरुमा यो मन्दिरको धामी महिला नै थिए र पछि आएर पुरुष धामी हुने गरेको छ ।
यस मन्दिरको धामी निकै कठिनका साथ प्राप्त हुने रहेको छ । यो मन्दिरमा वर्षको २ पटक मात्र पूजा गरिने जेठ र मंसिर महिना जहाँ सबै भन्दापहिला कफलासैनी माताको जात तथा पूजा सकेपछि चखुरेलामा बेताल पुज्ने र त्यसपछि मठ्ठा र मष्ठा पुजी सकेपछि कुस्मावती बाहुनी आमाको पूजा हुने प्रचलन रहेको छ ।यस मन्दिरमा पूजा लागेको बेलामा मात्र बली चडाउने र बली दिदा पाठीको बली गर्ने प्रचलन रहेको छ ।
धनी नाथका अनुसार कुस्मावती आमाको नामलाई सबै ठाउँमा चिनाउनको लागि सबै गाउले गर्खालहरुको सहयोगमा आफ्नै नेतृत्वमा हालको कुस्मावती आधारमूत विद्यालयलाई २०४५सालमा कुस्मावती प्राथमिक विद्यालय स्थापना गरी सञ्चलनमा ल्याएको साथै गत वर्ष सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा कुस्मावती अतिथी गृह निर्माण गरिएको बताउनु भयो ।आदर्श समाजको लागि कुस्मावती आमाको जस्तो त्याग र इमान्दारीताको खाँचो आजपनि त्यतिकै रहेको मुलुकको विकासको लागि त्याग, इमान्दारिता, लगनशिलता र
नेतृत्वलाई सहयोग गर्ने कुरा कुस्मावती आमाबाट सिक्नु पर्ने आज पनि त्यतिकै सान्दर्भिक रहेको बताउनु भयो ।
नगराउँ कसरी रहन गयो भन्ने बारे धनी नाथज्यू बताउनु हुन्छ सैनी खेतको किनारमा ढुङ्गामा मगर मच्छी तथा गोही कोरेको पानीको धारा थियो उक्त लेखौट ढुङ्गाको पानी धारालाई मग्रौं भनिन्थ्यो र मग्रौंको अपभ्रंस भई नगरौं हुदै नगराउँ हुन पुगेको हो ।अहिले पनि नगरौं कि बाहुनी आमा शक्तिले निकै प्रख्यात रहेको अन्याय र अत्याचार गाउँमा नै नटिक्ने बताउनु हुन्छ ।यो गाउँमा निकै बीरहरुको जन्म भए पनि तिनको अत्याचारले लामो
समय टिक्नु नसकेको ले ७त्रगयतसपुजी खानु नगरौं कि बाहुनी ७त्रगयतस बाहुनी आमाको ठाउँमा पुज्ने सबैप्रति सेवा सतभव मेलमिलापले रहने भन्ने चलन रहेको छ ।
यसै गरी मानिस कसरी देव देवी हुन गएहोलान भनि अनुमान गर्दा समाजमा राम्रो काम गर्ने मानिस मरे पछि पनि निजलाई देव देवताको रुपमा पूजा गर्ने प्रचलन रहेको छ । ती देव देवता समाजमा प्रेरणाका स्रोतको रुपमा रहेका छन् । ती बाहुनी आमाले आफ्नो ज्यान तथा सर्वस्व गुमाए तर आफु हाल आएर नैतिक शिक्षाको टडकारो खाँचो रहेको छ । हाल आएर कतिपय किवदन्तीहरुको मेटिदै गएका छन् ।यस्ता थुप्रै नैतिक शिक्षा दिनेखालका शिक्षाको खोज अनुसन्धान गर्नको लागि स्थानीय सरकारको ध्यान जानु अपरिहार्य छ । जसले प्रर्यटन प्रवर्द्धनमा
टेवा पुग्न जाने स्वरोजगार सिर्जना गर्न सिकिने आयआर्जन उपार्जन गर्न सकिने साथै गरिबी न्यूनिकरणमा अहमभूमिका निर्वाह हुन जाने उत्तम माध्यम हुन सक्दछ ।

कुस्मावती आमाले हामी सबैको रक्षा गरुन !

(  लेखक डिलासैनी गाउँपालिका वडा नं५ नगराउँ निवासी हाल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडा मकवानपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ । )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी