कल्की जयन्तीमा जगद्गुरु कल्की महाराजद्वारा पशुपतिनाथमा पूजा: नेपालको धार्मिक पर्यटनमा सघाउन भारतीय सन्त समाज तयार

कल्की जयन्तीमा जगद्गुरु कल्की महाराजद्वारा पशुपतिनाथमा पूजा: नेपालको धार्मिक पर्यटनमा सघाउन भारतीय सन्त समाज तयार

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ । कल्की जयन्तीका अवसरमा काठमाडौँ आउनुभएका भारत महाराष्ट्रका जगद्गुरु कल्की महाराजले मंगलबार विश्वप्रसिद्ध श्री पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना गर्नुभएको छ। आफ्ना ६ सदस्यीय टोलीसहित ५ दिने नेपाल भ्रमणमा आउनुभएका उहाँले पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका विभिन्न प्राचीन तथा ऐतिहासिक धार्मिक स्थलहरूको दर्शन गर्नुभएको हो।

अन्तर्राष्ट्रिय मैत्री संघ नेपालका अध्यक्ष प्रदीप खनालको समन्वय र व्यवस्थापनमा भएको यस धार्मिक यात्राका क्रममा जगद्गुरु कल्की महाराजले चाँगुनारायण, डोलेश्वर महादेव, कैलाशनाथ महादेव (साँगा), गुह्येश्वरी, बुढानीलकण्ठ, चन्द्रागिरि, आकाश भैरव, कुमारी घर र स्वयंभूनाथको समेत दर्शन गर्नुभएको छ।

नेपाल दिव्य भूमि, वर्षमा ३-४ पटक आउँछु: जगद्गुरु कल्की महाराज

नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति गहिरो श्रद्धा व्यक्त गर्दै उहाँले नेपाललाई ‘दिव्य र पुण्यभूमि’का रूपमा वर्णन गर्नुभयो। मिर्मिरे अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “नेपालको आध्यात्मिक वातावरण, मन्दिर संस्कृति र नेपाली जनताको आत्मीयता अद्वितीय छ, त्यसैले म प्रत्येक वर्ष ३ देखि ४ पटक नेपाल आउने गर्दछु।”

नेपालमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै उहाँले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीजस्ता पवित्र स्थलहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सके ठूलो सङ्ख्यामा भारतीय र विदेशी पर्यटक भित्र्याउन सकिने बताउनुभयो। नेपाल सरकारले पहल गरेमा भारतका सन्त, साधु तथा धार्मिक संस्थाहरू नेपालमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि निःस्वार्थ सहयोग गर्न तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय मैत्री संघ नेपालका अध्यक्ष प्रदीप खनालले यस्ता उच्चस्तरीय आध्यात्मिक भ्रमणले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो। दुवै देशका मठ-मन्दिर र आध्यात्मिक व्यक्तित्वहरूबीच नियमित संवाद र भ्रमण हुनसके नेपालको धार्मिक पर्यटनले नयाँ उचाइ लिने धारणा उहाँको छ।

भ्रमण टोलीले काठमाडौँ उपत्यकाका प्रमुख धार्मिक स्थलहरूसँगै नेपालको सनातन संस्कृति र तीर्थ व्यवस्थापनको समेत अध्ययन-अवलोकन गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी