भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी

भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

भक्तपुर । भक्तपुर नगरपालिका–७, त्रिवेणीधामस्थित श्री हनुमानघाट परिसरमा ‘६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ’ सञ्चालन भइरहेको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको हनुमानघाट क्षेत्रमा विश्व शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार श्री रामजानकी मन्दिरको प्राङ्गणमा २०८३ वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिएको हो। महायज्ञअन्तर्गत दैनिक हवन, रुद्राभिषेक, चारवेद तथा अठार पुराण पाठ–पारायण भइरहेको जनाइएको छ।
महायज्ञले व्यक्तिगत शान्तिदेखि परिवार, टोल, छरछिमेक, समाज, समुदाय, जिल्ला हुँदै देश र विश्वमै शान्तिको कामना गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ। धार्मिक आस्था, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणसँगै भक्तपुरको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत यस प्रकारका कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको छ।
उल्लेख भएअनुसार यो कार्यक्रम २०७९ मंसिर ११ गतेबाट सुरु भएको पाँचवर्षीय तीर्थ प्रचार महाअभियानको अन्तिम कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ। महायज्ञको समापन २०८४ माघ शुक्ल पूर्णिमामा गर्ने उल्लेख छ।
कार्यक्रमका संकल्पकर्ता श्री दीपक सापकोटा (कान्छा) रहेका छन् भने संरक्षकका रूपमा समाजसेवी विशिष्ट व्यक्तित्व श्री भरतमणि जंगम एवं सम्पूर्ण जंगम परिवार तथा अनन्त धौभडेल एवं सम्पूर्ण धौभडेल परिवार, भक्तपुर रहेको उल्लेख गरिएको छ। कार्यक्रमको आयोजक श्री रामजानकी मन्दिर संरक्षण संस्था, भक्तपुर नगरपालिका–७, त्रिवेणीधाम हनुमानघाट, भक्तपुर रहेको छ।
उक्त ६३० दिवसीय विश्व शन्ति विराट ज्ञान महायज्ञ १ सय दिन पुगेको अवसरमा एक कार्यmमको अयोजना गरि २० जना पुरोहितहरुलाई कर्मकाण्डका पुस्तक तथा सामाग्रीहरु हस्तान्तरण समेत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी