तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

  • आइतवार, असार २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

काठमाडौँ, २८ असार : बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ । आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।

अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहनुभएको आयोजकले जनाएको छ ।

निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिएको बताउनुभयो । “हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन् । तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढङ्गले निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी