मछिन्द्र एएफसी कपमा छनोट

मछिन्द्र एएफसी कपमा छनोट

  • आइतवार, पुस १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, १८ पुस ।  मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी  सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले दोस्रोपटक एएफसी कप छनोटमा खेल्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बनेको थियो ।

खेलको २१औं मिनेटमा विशाल राईको फ्रिकिकमा ‘अनमार्क’ रहेका सुनिलले गरेको हेडरले जाली चुमेको थियो। जारी लिगमा सुनिलको यो पाँचौं गोल हो।  लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको थियो ।

अघिल्लो सिजन च्याम्पियन भएपनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।

अर्को दाबेदार मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १-० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ