राम्रो काम : विजेता भलिबल टोलीको भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

राम्रो काम : विजेता भलिबल टोलीको भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

  • बिहिबार, पुस १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १५ पुस । दोस्रो पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केको टोली पुगेको छ । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् राखेप परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलमा पनि उनीहरूको स्वगतमा नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थित थियो ।

विमानस्थलमा स्वागत गर्दै मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्को प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गरे । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३(२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्राएको हो ।

साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो । हिजो ९बुधबार० मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी