प्रशिक्षक भट्ट भन्छन्- ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु

प्रशिक्षक भट्ट भन्छन्- ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु

  • मङ्लबार, पुस १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो ।

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित दिलाउन सफल भयौँ । गत वर्ष समेत टोलीलाई प्रशिक्षण दिएका भट्टले भने ।

महिला टोलीले दुई वर्षअघि यसै प्रतियोगितामा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै भलिबलमा ऐतिहासिक पदक हासिल गरेको थियो ।

प्रतियोगिताको समूह चरणको खेलमा उज्बेकिस्तानविरुद्ध सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्बेकिस्तानले निकै चुनौती दिएको थियो ।

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिब गर्न नसक्दा र सर्भिस धेरै बिग्रँदा उज्बेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले भने ।

भट्टकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक रजत पदक जितेको थियो । घरेलु भूमिमा सुरुआती २ सेट जितेको नेपाल पछिल्लो तीन सेट भने भारतलाई बुझाउँदै अर्को ऐतिहासिक अवसरबाट चुकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी