अपराजित रहँदै फाइनल पुग्ने महिला भलिबलको लक्ष्य

अपराजित रहँदै फाइनल पुग्ने महिला भलिबलको लक्ष्य

  • सोमवार, पुस १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १२ पुस । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा कप्तान अरुणा शाही विश्वस्त छिन् । ‘दिनप्रतिदिन हाम्रो प्रदर्शन राम्रो भइरहेको छ । सुधार भइरहेका छन् । फाइनलमा योभन्दा पनि बढी गर्नुपर्छ । प्रतिस्पर्धी टोली राम्रा छन्,’ अरुणाले भनिन् ।

साविक विजेता टोली प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ ।

यस्तै समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ । कीर्गिस्तानले भने ३ अंक मात्र छ ।

नेपालले उपाधिका लागि श्रीलंका र उज्वेकिस्तान मध्ये एकसँग खेल्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ