संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार

  • आइतवार, पुस ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, ११ पुस । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३–० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।

१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३० मा पुर्याएका थिए ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी