काठमाडौं । डिफेन्डिगं च्याम्पियन मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दश हजार बढी दर्शक सहभागी खेलको अन्तिम समयमा सुनिल बलले लामो दुरीबाट प्रहार गरेको फ्रिकिक सोझै गोलमा परिणत भए पछि मच्छिन्द्रले सुखद नतिजा पाएको हो । जितसँगै मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मच्छिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको छ ।
जितपछि मच्छिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा झरेको मनाङले ५ खेलमा १३ अंक जोडेको छ । शनिबारै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई तीन एक ले पराजीत गरेको छ ।
जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ ।