बंगलादेशले दिएको बिशाल लक्ष्य विरुद्ध नेपालको खराब शुरुवात

बंगलादेशले दिएको बिशाल लक्ष्य विरुद्ध नेपालको खराब शुरुवात

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । १९ वर्षमुनिको एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य दिएको छ । युएईको सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।

उसका लागि प्रन्तिक नवरोज नबिलले अविजित रहँदै सर्वाधिक १ सय २७ रन बनाए । यस्तै, मोहम्मद फहिमले ५८ रन बनाए ।

नेपालका गुल्सन झा, टीका भण्डारी र मोहम्मद अदिल आलमले समान एक–एक विकेट लिए ।

अहिले नेपालले जवाफी ब्याटिङ गरीरहेको छ । विशाल लक्ष्य पछ्याएको नेपालले खराब शुरुवात गरेको छ । नेपालले १० ओभरमा २७ रन मात्रै जोड्दा तीन विकेट गुमाईसकेको छ ।
नेपालका देव खनाल १२ रन , अर्जुन कुमार ५ रन र सन्तोष कार्की ३ रनमा आउट भएका छन् ।
समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी