मन्त्रीले नियमावली विपरीत काजमा सरुवा गरेपछि स्वरोजगार कोषका उपाध्यक्ष डा. रोकाको चेतावनी, घाँटी रेटिन्छु तर कोष बन्द हुन दिन्न ( भिडियो सहित )

मन्त्रीले नियमावली विपरीत काजमा सरुवा गरेपछि स्वरोजगार कोषका उपाध्यक्ष डा. रोकाको चेतावनी, घाँटी रेटिन्छु तर कोष बन्द हुन दिन्न ( भिडियो सहित )

  • मङ्लबार, पुस ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

युवा तथा साना व्यवशायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका ( कल्याण) लाई युवा तथा खेलकुद मन्त्रालयले काजमा मन्त्रालय तानेको छ । अदालतबाट मंसीर १७ मा पुनस्थापित भएर पुनः काममा खटेका उपाध्यक्ष डा. रोकालाई पुष ५ मा मन्त्रालय काजमा तानिएपछि आज पत्रकार सम्मेलन गरी डा. रोकाले यो काज सरुवा नियमावली विपरीत रहेको भन्दै आफू काजमा नजाने चेतावनी दिएका छन् ।
पुष १२ गते सर्वोच्चले अन्तिम फैसला दिन लागेको र आफूले सो फैसला स्वीकार गर्ने भन्दै सरकारले स्वरोजगार कोष बन्द गर्ने मनशायले हस्तक्षेप गरेको भन्दै बरु घाँटी रेटिन तयार रहेको तर कोष बन्द गर्न नदिने चेतावनी दिएका छन् ।
यो आफ्नो मात्रै मामला नभई सबै बेरोजगार युवाहरुको मामला भएको डा. रोकाको भनाई छ ।
गत वर्ष भदौ १ गते नियुक्त भएका डा. रोकालाई देउवा सरकार आएपछि सरकारले कार्तिक १५ गते बर्खास्त गरेको थियो । त्यस बिरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका रोका अदालतको अन्तरीम आदेश पछि पुनः पदबहाली गरेर काममा लागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी