एपीएफले अनुबन्ध गर्‍याे पहिलो पटक विदेशी खेलाडी

एपीएफले अनुबन्ध गर्‍याे पहिलो पटक विदेशी खेलाडी

  • सोमवार, पुस ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, ५ पुस । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो ।

फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले पहिलो पटक विदेशी खेलाडी अनुबन्धन गरेको हो । यसअघि तीनै विभागीय क्लबले विदेशी खेलाडी भित्र्याउने प्रावधान थिएन ।

तर, एएफसी लाइसेन्स पाएसँगै विभागीय क्लबलाईसमेत विदेशी खेलाडी खेलाउने बाटो खुलेको हो । टोलीका नियमित दुई गोलरक्षक घाइते भए पनि एपीएफले कुरियामालाई टोलीमा समावेश गरेको हो । कुरियामाले डेब्यु खेलमै जितबाट सुरुवात गरेका छन् ।

दशरथ रंशालामा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ अन्तरले पराजित गर्याे । पहिलो जितसँगै एपीएफले पाँच खेलबाट ४ अंक बनाउँदै ११औँ स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ