नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने भएको छ। यस अघि सभापति र उपसभापतिको मत गणना सकिएको छ ।
दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
उपसभापतिमा मिश्रित नतिजा आएकाले महामन्त्रीमा पनि यस्तै आकंलन गरिएको छ । प्रकाशशरण महत र गगन थापा निर्वाचित हुन सक्ने कार्यकर्ताको आकंलन रहेपनि परिणामका लागि केही घण्टाको प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline