कठ्याग्रिँदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

कठ्याग्रिँदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

लमजुङ, २९ मंसिर । मनाङको नासों गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी मंसिरको कठ्याङ्ग्रिँदो जाडोमा टेन्टमा बसेर पढ्न बाध्य छन् । ‘हिमालको चिसो सिरेटो र मस्र्याङ्दी नदीको चिसो हावाले कठ्याग्रिँदै पढ्नुपर्छ भानु माविको कक्षा १० मा अध्ययानरत छात्रा पूर्णिमा गुरुङ भन्छिन् । गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो । उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ ।’

उनीमात्र होइन कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङले पनि टेन्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । ‘विद्यालयमा पढ्ने कहिले होला अब त जाडो धेरै बढ्यो टेन्टमा कसरी पढ्ने चिन्ताले पिरोलेको छ,’ उनी भन्छन् । प्रतिकमात्र होइन भानु माविको कक्षा ८ मा पढ्ने प्रवृति तामाङ पनि टेन्टमा बसेर पढ्न धेरै गारो भएको बताउँछिन् ।

विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पठनपाठन गर्नुपरेको भानु माविका प्राध्यानाध्यापक श्यामकृष्ण पन्तले बताए । उनी भन्छन्, ‘गत १ असारमा मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन वगाएपछि अहिले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएका छौ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । चिसो मौसम अनि मस्र्याङ्दी नदीको चिसो हावा विद्यार्थीका लागि निकै कष्टकर बनेको पन्त बताउँछन् ।

ताल गाउँको सिङगो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको उनले जानकारी दिए । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ ।

भानु माविसँगै नासों गाउँपालिका ६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी