वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २९ मंसिर । भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी(२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ ।

मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो ।

पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । पाकिस्तानका इफ्तिखर अहमेदले सर्वाधिक ३२ रन जोड्दा हेइदर अलीले ३१ रनको योगदान गरे ।

वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए । यस अघि पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो । दुई टोलीबीचको अन्तिम टी–२० खेल भोलि बिहीबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ