संकटा र पुलिस तथा जावलाखेल र ब्रिगेड भिड्दै

संकटा र पुलिस तथा जावलाखेल र ब्रिगेड भिड्दै

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमडौं, २७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको अन्तिम दिन दुई खेल सोमबार हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो १ बजे हुनेछ ।

संकटा र पुलिस दुबै दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा दुबै टोलीले दुई बराबर र एक खेलमा जित निकालेका छन् ।

जारी लिगमा औसत प्रदर्शन गरेका दुबै टोली एक अर्काविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन् ।

संकटा तीन खेलमा पाँच अंक जोडेर छैटौं स्थानमा छ । पुलिस पाँच अंक जोडेर सातौं स्थानमा छ ।

दोस्रो खेलमा ललितपुर डर्वी अन्तर्गत जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० बीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ः४५ बजे हुनेछ ।

जारी लिगमा खराब प्रदर्शनपछि अंकतालिकाको पुछारमा रहेको जावलाखेल पहिलो अंक र जितको खोजीमा हुनेछ । यता, बीबीसी भने दोस्रो जितको खोजीमा छ ।

जारी लिगमा तुलात्मक रूपमा जावलाखेल बलियो देखिए पनि स्कोर निस्कन नसक्दा आफ्नो लय समात्न सकेको छैन।

यता, युवा खेलाडीको साथ पाएको बीबीसी भने एक खेल जितेर एक बराबरी खेल्दा उच्च मनोबलमा छ । यद्यपि, टोलीलाई जावलाखेलविरुद्धको खेल सहज हुनेछैन ।

१४ क्लब सहभागीता शीर्ष डिभिजनको लिगमा अंकविहीन रहँदै जावलाखेल पुछारमा छ । बीबीसी भने चार अंक जोडेर नवौं स्थानमा छ ।

जारी लिगमा समान १० अंक भए पनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै साविक विजेता मछिन्द्र शीर्षस्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ