काठमाडौं, २६ मंसिर । नयाँ नेतृत्व चयनको बिषयलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । शनिवार आयोजित महासंघको अन्तर्राष्ट्रिय हिन्दु महासम्मेलन तथा १० औं महासभाको उद्घाटन शत्रमा नै नेतृत्व चयनको बिषयमा विवाद भएपछि सभा नै बिथोलिएको थियो ।
यसरी सुरु भयो विवाद
निर्धारित समयभन्दा ढिला गरि सुरु भएको महासंघको महासभाको उदघाटन सत्रमा नेपाल सहित बिभिन्न मुलुकबाट सहभागी धर्म गुरु माहाराजलगायतको सम्बोधन चलिरहेको थियो । सोहि क्रममा कार्यक्रम सन्चालकले विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको अबको अध्यक्षका लागि अस्मिता भण्डारीको नाम प्रस्ताव आएको घोषणा गर्दै सबैको समर्थन भए तालि बजाएर पारित गरिदिन आग्रह गरे । हलमा तालि र बिरोधको आवाज एकैपटक सुनियो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका नै बनिसकेको अवस्थामा उद्घाटन शत्रमा अध्यक्षको नाम प्रस्ताव गरेर विावद उत्पन्न गर्न नहुने भन्दै प्रतिनिधि तथा पर्यवेक्षकहरुले उक्त प्रस्ताव स्वीकार्य नभएको बताए ।
हलमा विवाद बढने देखेपछि सन्चालकले भण्डारीको नाम प्रस्तावका लागि आएको र अध्यक्षमा उम्मेदवारी दिन चाहने अरु कोहि भए नाम प्रस्ताव गर्न सक्ने र यसको टुंगो बन्दशत्र पछि हुने बताए ।
हलमा होहल्ला र विवाद बढीरहेको थियो । सोहि क्रममा महासभाका प्रमुख अतिथि भारतबाट आएका गुरु अलकनाथ जुरुक्क उठेर माईकमा गएर सम्बोधन सुरु गरे । उनको सम्बोधनका कममा सुरुमा हलमा केहि शान्ति छाएको थियो । महिला या पुरुष भनेर छुट्याउन नहुने भन्दै सम्बोधन सुरु गरेका अलकनाथले आफ्नो आशिर्वाद अस्मिता भण्डारीलाई रहेको र उनी नै समितिको अबको अध्यक्ष भण्डारी नै भएको घोषणा गरिदिए । त्यतिमात्रै होईन, रुदाक्ष माल लगाएर बधाई नै दिए ।
भण्डारीलाई लगाईएका माला महासभाको उदघाटनका क्रममा उपस्थित पाहुनालाई स्वागतका लागि लगाईदिएका रुदाक्ष माल नै थिए । जुन मालाहरु भण्डारीको नाम प्रस्ताव हुनुअघि सबैबाट फिर्ता गराएर गुरु अलकनाथको अगाडि राखिएका थिए ।
बधाई र बिरोधकाबीच मन्चमा नै हात हालाहाल !
प्रमुख अतिथिले आशिर्वाद सहित माला लगाईदिएपछि भण्डारीका समर्थकले उनलाई बधाई दिन थाले भने अर्को पक्षले बिरोध गर्यो । हलमा बसेका बेहि प्रतिनिधिहरु मन्चमा नै प्रवेश गरेर खुल्लासत्रको कार्यक्रममा अध्यक्ष घोषणा गर्नु गलत भएको भन्दै बिरोध गरे । कार्यकम सन्चालकले माईकबाट पटक पटक आगह गरिरहेका थिए, ‘भण्डारी अध्यक्ष बन्नुभएको हैन , यो त नाम प्रस्ताव मात्रै गरिएको हो ।’ भण्डारीले माईक तान्दै आफुलाई समर्थन गर्नेहरुलाई धन्यवाद दिदै आफु अध्यक्ष बनिनसकेको र निर्वाचन पकृयाबाट यसलाई टुंग्याउने बताएकी थिईन । भण्डारीका समर्थक र अर्को पक्षको विावदका बिच मन्चमा हात हालाहालको स्थिती भएपछि प्रहरीले मन्चमै चढेर स्थितीलाई नियन्त्रणमा लिनु परेको थियो ।
योजनाबद्ध रुपमा भण्डारीलाई अध्यक्ष बनाउने डिाजाईनका साथ खुल्ला शत्रमा नाम घोषणा गर्नुका साथै प्रतिनिधिको नाम समेत हटाएको भन्दै हलमा बिरोध समेत सहभागीले बताएका छन । उनीहरुका अनुसार निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलिमा प्रतिनिधिको नै नाम नभेटिएपछि हलमा बिरोध भएको थियो । लगत्तै अर्को नामावली समेत टासिएको थियो । विवादपछि कार्यकम केहिबेर स्थगीत समेत भयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी
बन्दशत्र स्थगीत महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी समेत परेको छ ।
महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतवार महासभा बैठक स्थगित गरिएको जानकारी दिएका छन ।
शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेद्वारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले बताएका छन् । महासचिव पक्षका मानिस बढी अभद्र गतिविधिमा उत्रिएपछि महासभा बैठक स्थगन गर्नुपरेको उनले बताए ।
निमित्त अध्यक्ष अर्यालले प्रशासनमा बुझाउनुभएको निवेदनमा कार्यकारी समितिले उपयुक्त समयमा महासभा बैठक राखेर नयाँ नेतृत्व चयन गर्ने भन्दै स्थगन गरेको जानकारी गराउनुभएको छ । यता महासचिव भण्डारी पक्षले भने महासभाबाट आइतवार नै कार्यवाहक अध्यक्ष घोषणा गरेको जनाएको छ । महासचिव भण्डारीलाई महासभाले कार्यवाहक अध्यक्ष घोषणा गरेको बताईएको छ ।
भिडियो हेर्नुहोस् ।