एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • आइतवार, मंसिर २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।

त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी