पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

  • शनिबार, मंसिर २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा ९एकीकृत समाजवादी० मा जनताको आकर्षण बढेको बताउनुभयो । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको बताउनुभयो ।

“पार्टी गठन भएको छोटो समयमै उत्साहजनक रुपमा आकर्षण बढिरहेको छ, यसलाई कायम राख्न सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीमा आउने सबैलाई उचित जिम्मेवारी दिइनेछ ।” एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले आगामी चुनावपछि पार्टी झन् बलियो हुने जिकिर गर्नुभयो ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताउनुभयो । “विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।”

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठले जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ