काठमाडौँ मंसीर २५ । नेपाल क्रिकेट संघ९क्यान० ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । आज बसेको बोर्ड बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी(२० विश्वकप खेलेको थियो ।
नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो ।
पुवुदुको पुनरागमनसँगै अब नेपाली टोलीले सन् २०२२ को विश्वकप छनौटलाई मुख्य लक्ष्य बनाएर प्रशिक्षण शुरु गर्ने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline