टिप्पणी : राजा ज्ञानेन्द्र भर्सेस कमल थापा , अबको परिणाम कता ?

टिप्पणी : राजा ज्ञानेन्द्र भर्सेस कमल थापा , अबको परिणाम कता ?

  • बिहिबार, मंसिर २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

पूर्व पञ्चहरुको पार्टी राप्रपाको महाधिवेशनमा कमल थापाको हारसँगै पूर्व राजा ज्ञानेन्द्र शाहको राजनीति सतहमा आएको छ । आफूलाई हराउन राजा ज्ञानेन्द्र नै लागिपरेको आरोप कमल थापाले प्रचार गरेर दरबार र कमल थापाको पचास बर्ष पूरानो सम्बन्धलाई तिक्तता सहित भत्काईदिएका छन् ।
विद्यार्थी कालदेखि नै राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा लागेर निर्दलीय पञ्चायती व्यवस्थाको खम्बा बन्न पुगेका कमल थापाले जनआन्दोलनमा लोकतन्त्रवादी शक्तिलाई दबाउन ठूलै भूमिका खेलेका थिए । समयको चक्रमा नेपालमा गणतन्त्र आएपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको नाराले आफ्नो राजनीति मात्रै जोगाएका थिएनन् ढलिसकेको राजतन्त्रको बिउ समेत जोगाईदिएका थिए । तर यही थापाले आज पूर्व राजा ज्ञानेन्द्रले आफूलाई हराउन घात गरेको र ब्यङग्यको रुपमा राजतन्त्र छिट्टै फर्किने दावा पनि गरेका छन् । उनले राजा ज्ञानेन्द्रको बुहारी हिमानी शाहलाई समेत कटाक्ष गरेर ट्वीट गरेका छन् । अब प्रश्न उठ्छ के राजा ज्ञानेन्द्र साँच्चिकै राजनीतिमा आउन चाहन्छन् रु र उनको भावी योजना के हुनेछ रु यो बारेमा उनका समर्थक र सुवेक्षुकहरुको जिज्ञासा देखिन्छ ।
राप्रपाको चुनाव हुनु भन्दा अगाडी धवल शमशेर राणा सहित राजेन्द्र लिङदेन निर्मल निवास पुगेका थिए । यसबाट के पुष्टी हुन्छ भने राजा ज्ञानेन्द्रलाई लगभग शुन्य जनमतमा रहेको राजतन्त्र फेरी फर्किन्छ भन्ने विस्वास छ र यही आशामा उनी राप्रपा मार्फत पर्दा पछाडीको राजनीति गर्दैछन् । जे होस् कमल थापा र राजा ज्ञानेन्द्रबीचको दुरीले पनि अब नेपालमा राजतन्त्रवादी शक्तिहरु पनि दुई चिरामा विभाजित हुने एउटा दक्षिणपन्थी फासिस्ट हिन्दु शक्ति र अर्को क्रमशः गणतन्त्रलाई स्वीकार गरेर अन्य पार्टीहरुमा आफ्नो अस्थित्व बढाउने यो नै आजको यक्ष प्रश्न हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ