कांग्रेस अधिवेशन :बलरामा झडप, मतदान अधिकृतसहित पाँच घाइते

कांग्रेस अधिवेशन :बलरामा झडप, मतदान अधिकृतसहित पाँच घाइते

  • सोमवार, मंसिर १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सर्लाही, १३ मंसिर । सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।

झडपको स्थिति सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे । घाईते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन ।

यस्तै झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरु मध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।

आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भइरहदा, दुई पक्षबीच फरक फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेस सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो ।

घटना लगतै घाइतेहरु जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरुमा समेत पुर्‍याइएको स्थानीयको भनाइ छ । यस कारण प्रारम्भिक विवारणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाईते भएको नेता अम्रेस सिहं पक्षको दाबी छ । यता प्रहरीले घाइतेबारे एकिन गर्न नसकेको जनाएको छ । प्रहरी घटनास्थलमा रहेकोले घाइतेको संख्या र अवस्था थाहा भइनसकेको डिएसपी बुढाथोकीले बताए ।

घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ । तर, प्रहरीले भने पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईसगँ पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन्। उक्त स्थानका आइतवारविवाद हुदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिहंका निजी सुरक्षागार्डले गोली चलाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ