सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे

सहिद स्मारक लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटीले अंक बाँडे

  • सोमवार, मंसिर १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौ, १३ मंसिर । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बीबीसी तालिकाको चौथो स्थानमा उक्लिएको छ । बीबीसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३(२ ले पराजित गरेको थियो ।

त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २(१ ले पराजित भएको थियो ।

स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएकोे थियो ।

बीबीसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए । बीबीसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए ।

आजै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ