कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

  • सोमवार, मंसिर १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

गुल्मी, १३ मंसिर । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हो ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए । उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । सचिवमा भगतसिंह खड्का र जगदिश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए । सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन् ।

सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लिलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ