काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमा जावलाखेल मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो । नेपाल पुलिस आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसअघि हिजो भएका खेलमा मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लब विजयी भएका थिए। मनाङले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ भने च्यासलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको थियो ।
जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline