जाजरकोट मंसीर ११ । आज बिहानै जाजरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कुदु बराहचौकनजिक भएको दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् ।
नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।
३२ यात्रु बोकेको बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । घाईतेहरुको अहिले जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline