पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई

पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई

  • शनिबार, मंसिर ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, ११ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ ।

सचिव बिष्णु पौडेलको प्रस्तावमा ओली १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन्।
नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।
अध्यक्ष ओली आफ्ना बिरुद्ध उम्मेद्धारी दर्ता नहोस् भन्ने भित्री मनशायमा छन् भने अन्य पदाधीकारी पनि आफूले चाहेका वा रोजेका मान्छे पार्न सर्वसहमतिको पक्षमा भन्दै अपील गरे पनि सुवास नेम्वागं लगायत अन्य नेताले आ आफ्नो अडान छाडेका छैनन् । यसले व्यवस्थापनमा समस्या देखा परीरहेको छ । यसै गरी भीम रावल पनि निर्वाचन हुँदैमा पार्टी विभाजित नहुने भन्दै अध्यक्षका लागि मत माग्न व्यस्त छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ