‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिदो खेलमा च्यासल  र एपीएफ भिड्ने

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिदो खेलमा च्यासल  र एपीएफ भिड्ने

  • शनिबार, मंसिर ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्नेछन् ।

दुवै टोली लिगमा पहिलो जितका लागि दवावामा छन् । च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएको थियो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १–० को संघर्षपूर्ण जित निकालेको थियो ।

मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि हिजोका खेलमा संकटा क्लबसँग २–१ को अन्तरले फ्रेन्ड्स क्लब पराजित भयो भने अर्को खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि १–० को जित हात पा¥यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ