टी ट्वेन्टी महिला विश्वकप छनौटः कुवेतमाथि नेपालको प्रभावशाली जीत

टी ट्वेन्टी महिला विश्वकप छनौटः कुवेतमाथि नेपालको प्रभावशाली जीत

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं । आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको प्रभावशाली जीत निकालेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

कुवेतकी प्रियदा मुरलीले १० रन बनाईन्। नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन – तीन विकेट लिए ।

२८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए ।

नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ