प्रेस पास वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जादैँ गरेको टोलीलाई विमानस्थलमा स्वागत

प्रेस पास वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जादैँ गरेको टोलीलाई विमानस्थलमा स्वागत

  • मङ्लबार, मंसिर ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

बाँके, ७ मंसिर । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेको सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा युथ टुडे न्युजका सम्पादक, मुस्लिम पत्रकार क्लबका अध्यक्ष एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका संचालक चन्द्र बोहराले स्वागत गर्नु भएको थियो ।

सुचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई सम्पादक खानले खादा लगाएर विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

प्रेसपास ल्याउने, नविकरण गर्ने तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्न दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिने सुचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताउनु भयो ।

प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्छ । पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ ।’ सो कुरालाई ध्यानमा राखेर मुगुमा शिबिर संचालन गर्न लागेको बताउनु भयो ।

यसअघि विभागको टोलीले साविकको कर्णालीको केहि दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पुर्व सम्पादक खान र हाम्रो जनादेशका संचालक बोहराले स्वागत गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ