आईसीसी महिला टी ट्वेन्टी विश्वकप छनौटमा नेपालले आज भुटानसँग खेल्दै

आईसीसी महिला टी ट्वेन्टी विश्वकप छनौटमा नेपालले आज भुटानसँग खेल्दै

  • मङ्लबार, मंसिर ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्दै छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजे हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।

नेपाल पहिलो जितको खोजीमा रहँदा भुटान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

ग्लोबल छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । छनोटअन्तर्गत नै नेपालले तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ