ए डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

ए डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम ९एनआरटी०लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । मछिन्द्रका लागि सुनिल बलले दुई गोल गर्दा एनआरटीका लागि एरिक विष्टले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो हाफको १२औँ मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५४औँ मिनेटमा एरिक विष्टले फ्री–किक प्रहार गर्दै गोल फर्काए । देवेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्री–किकको अवसर पाएको थियो ।

खेलको ८० औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ ले जित दिलाए । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अङ्क जोडेको छ । सो खेलको म्यान अफ दी म्याच मछिन्द्रका सुनिल बल घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ