बैतडीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडबाट सो जीप सात सय मिटर तल खसेको थियो । मा दुर्घटनामा परेको हो।प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।
मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ एकै स्थानका रहेका छन्।
मृतकहरुमा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline