भैरहवामा काँग्रेस भित्र कुटाकुटः उम्मेद्धार सहित पाँच घाईते

भैरहवामा काँग्रेस भित्र कुटाकुटः उम्मेद्धार सहित पाँच घाईते

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका बेला भैरहवामा कुटाकुट भएको छ ।

मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच हानाहान हुँदा उम्मेद्धार सहित पाँच जना घाईते भएका छन् ।

मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो।
श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको सेतोपाटीलाई जानकारी दिए।

पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए।
मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए ।
गृहमन्त्री बालकृष्ण खाँड समर्थकले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ