सांसद यादवले धर्मशाला निर्माण गरिदिएपछि स्थानीय हर्षित

सांसद यादवले धर्मशाला निर्माण गरिदिएपछि स्थानीय हर्षित

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

वीरगन्ज,  ३ मङ्सिर । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा टोलमा निर्माण गरिएको धर्मशालाको पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले शुक्रबार एक समारोहका बीच उद्धघाटन गरेका छन् । सांसद यादवको संसदीय कोषको १८ लाख रुपैयाँबाट पिपरा टोलमा धर्मशाला निर्माण भएको हो । अब गरिब जनताहरुले पनि धर्मशालाबाट धुमधामका साथ विवाह, ब्रतबन्ध लगायतका पारिवारिक समारोहको आयोजन गर्नसक्ने छन् ।
पार्टी प्यालेसमा महँगो शुल्क तिरेर गरिने विवाह, ब्रतबन्ध, इङगेजमेन्ट लगायतका पारिवारिक समारोहको आयोजन गर्ने कार्यको अन्त्य हुने सांसद यादवले बताए । धर्मशाला निर्माण भएपछि स्थानीय हर्षित छन् । आवश्यकता र जनताको मागलाई मध्यनजर गर्दै अगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिवद्धता समेत सांसद यादवले दिएका छन् । वडामा हुने धार्मिक, सांस्कृतिक तथा पारिवारिक समारोहका लागि धर्मशाला उपयोगी हुने सांसद यादवले विश्वास लिएका छन् ।

No description available.
‘वडाका गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी प्यालेसमा आफ्नो छोरा–छोरीको विवाह गराउन सक्दैनन्,’ सांसद यादवले भने, ‘त्यसैले सबै स्थानीयहरुको सुविधाका लागि सस्तो दरमा उपलब्ध हुने धर्मशालाको आवश्यकता देखेर यसको मर्मत गराएको हुँ ।’ उद्धघाटन कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, वीरगन्ज महानगरपालिका १४ का अध्यक्ष भरत प्रसाद कुर्मी, स्थानीय नेता रफिक अन्सारी, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ