जग्गा ठगी सम्बन्धि मुद्धामा लोसपाका स्थानीय नेता पक्राउ

जग्गा ठगी सम्बन्धि मुद्धामा लोसपाका स्थानीय नेता पक्राउ

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

वीरगन्ज ३ मंसिर । पर्सा प्रहरीले जग्गा सम्बन्धी विवादमा ठगी गरेको आरोपमा पर्साका एक जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पकहामैनपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका प्रत्यासी रामबाबु चौरसिया रहेका छन् ।
जग्गा सम्बन्धी विवादमा उजुरी परेपछि पर्सा प्रहरीले गएराति चौरसियालाई पक्राउ गरिएको थियो । पक्राउ परेका चौरसियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक दिन राखी पीडित पक्षलाई बोलाई दुबै पक्षलाई सम्झाई बुझाइ छाडिएका पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार ठगी सम्बन्धी उजुरीमा पक्ष र विपक्षी दुबैलाई राखेर मिलापत्र गर्न सक्ने प्रावधान रहेको हुँदा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबीच भएको छलफलमा सहमति भए पश्चात चौरसियालाई छाडिएको जानकारी दिए ।

चौरसिया स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पदका प्रत्यासी हुन् भने हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन् । आफूलाई समाजसेवी एवं राजनीतिकर्ता भन्ने चौरसिया विगत लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका छन् र त्यही जग्गा कारोबारको सिलसिलामा उनीमाथि ठगीको आरोप लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ